फेलोसिप फुटसलमा पोखरा थन्डर्स च्याम्पियन, जित्याे खसी पुरस्कार
महिलातर्फ विनर गर्लस् च्याम्पियन
पाेखरा | भदौ ३०, २०८१
पोखरा: वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थन्डर्सले उपाधि जितेको छ ।
१० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थन्डर्सले एसबी गाइजलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।
यसै गरि महिला फुटसलतर्फ विनर गर्लस्ले च्याम्पियन बन्यो ।
गर्लस्ले एन्ग्री बर्डस्लाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्र्तगत भेट्रान्स फुटसल अन्नपूर्ण भेट्रान्सले जितेको कार्यक्रम संयोजक प्रविण हमालले जानकारी दिए ।
खुल्ला पुरुष फुटसलतर्फको विजेता पोखरा थन्डर्सले ट्रफी, मेडल, प्रमाणपत्र तथा खसी प्राप्त गर्याे ।
यस्तै उपविजेता एसबी गाइजले ट्रफी, मेडल, प्रमाणपत्र तथा बोका पुरस्कार पाए ।
महिला फुटसल तर्फका विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विरेन्द्र रोकाहा उत्कृष्ट खेलाडी तथा किस्मत बानियाँ उत्कृष्ट गोलरक्षक घोषित भए ।
यस अघि कार्यक्रममो उद्घाटन गर्दै पृथ्वी होटल संघका पूर्व सचिव एवम बाजेका सेकुवाका सञ्चालक एकराज गिरीले खेलकुदले स्वास्थ्यलाई मात्रै होइन सम्बन्धलाई पनि फाइदा पुर्याउने हुँदा प्रतियोगिताले भाइचारा अभिबृद्धिमा टेवा पुग्ने बताएका थिए ।
वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीका अध्यक्ष सुजन श्रेष्ठले शाखाका कर्मचारी र सञ्चालकबीचको सम्बन्धलाई प्रगाढ बनाउन मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, संस्थाका सल्लाहकार शाह मोहम्मद, जगतमोहन गिरी, नरबहादुर भुजेल, नारायण प्रसाद पोखरेल, फणिन्द्र बराल, वरिष्ठ उपाध्यक्ष घनश्याम गौतम, सचिव धिराज श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रमका संयोजक प्रविण हमाल, सह–संयोजक सन्तोष पोखरेल र विरेन्द्र रोकाहा रहेका थिए ।
प्रथम पुरस्कारको सौजन्य युरो एशिया एचआरका सञ्चालक नारायण पोखरेल, द्धितिय पुरस्कारको सौजन्य स्विफ्ट एचआरका सञ्चालक गोविन्द रेग्मी, भेट्रान्स तर्फको ट्रफि, मेडलको सौजन्य अल्माइटी इन्टरनेशनलका सञ्चालक निरज खनाल तथा अन्य ट्रफी, मेडलका सौजन्य एम आइटी ग्लोबलका दिनेश मगरले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धिराज श्रेष्ठले गरेका थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

